
लामो समयपछि सबै पदमा सहमति
दमौलीः जेसिआई व्यास नगरको अध्यक्षमा कृष्ण सुनार सर्वसम्मत निर्वाचित भएका छन् । वर्ष २०२२ का लागि सर्वसम्मत सुनारसँगै जेसिआई व्यास नगरमा लामो समयपछि सर्वसम्मत नेतृत्व चयन भएको छ ।
शनिबार व्यास १ सिमलटारस्थित एक पार्टी प्यालेसमा सम्पन्न २७ औं वार्षिक साधारणसभामा आकांक्षाीहरु राजु राना र नवीन पुरीले सहमति गरे पछि सुनार सर्वसम्मत अध्यक्ष निर्वाचित भएका हुन् ।

अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा गणेश थापा र कमल गिरी सर्वसम्मत निर्वाचित भए ।



उपाध्यक्षमा पहिल्यै सहमति
यस अघि नै जेसिजको महत्वपूर्ण मानिने उपाध्यक्षमा सर्वसम्मति भैसकेको छ ।

चारजना निर्वाचित हुने पदमा राजकुमार श्रेष्ठ, विनोदकुमार गोशली, गोविन्द बराली र शंकर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए
अध्यक्ष लक्ष्मीभक्त खनालको अध्यक्षतामा भएको कार्यक्रमको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले उद्घाटन गरेका थिए । निर्वाचित सुनारलाई नेपाल जेसिजका कोषाध्यक्ष पविन्द्र भट्टराईले जेसिज पिन प्रदान गरेका थिए ।