जेसिआइ व्यास नगरको अधिवेशनले नयाँ नेतृत्व छान्दै, सहमतिमै नेतृत्व चयन गर्ने तयारी

  • ख-
  • ख+

दमौलीः जेसिआइ व्यास नगरको २८ औं वार्षिक साधारण सभा दमौलीमा शुरु भएको छ । सभाको राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले उद्घाटन गरे । अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्ष, कार्यकारी उपाध्यक्ष, उपाध्यक्षसहितका पदाधिकारी निर्वाचित गर्दैछ ।

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य पन्थले जेसिज युवाहरुको नेतृत्व विकास गर्ने उत्कृष्ट थलो रहेको बताए ।

हालका अध्यक्ष लक्ष्मीभक्त खनालले आगामी कार्यकालका नयाँ निर्वाचित अध्यक्षलाई अब कार्यभार हस्तान्तरण गर्नेछन् । संस्थामा नयाँ अध्यक्षका लागि कृष्ण सुनार, नवीन पुरी र राजु राना इच्छुक देखिएका छन् ।

सहमतिबाटै नेतृत्व चयन गर्ने अध्यक्ष तथा पूर्व अध्यक्षहरुले बताएका छन् ।

उपाध्यक्षमा पहिल्यै सहमति
यस अघि नै जेसिजको महत्वपूर्ण मानिने उपाध्यक्षमा सर्वसम्मति भैसकेको छ । चारजना निर्वाचित हुने पदमा राजकुमार श्रेष्ठ, विनोदकुमार गोशली, गोविन्द बराली र शंकर ज्ञवाली सर्वसम्मत निर्वाचित भएको निवर्तमान अध्यक्ष भरतकुमार श्रेष्ठले जानकारी दिए ।
अरु आकांक्षी नदेखिएकाले उनीहरु सर्वसम्मत भएका हुन् ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी