
दमौली: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नं २ प्रदेश “क” अधिवेशनमा जीतराज राना सभापतिमा विजयी भएका छन्। अधिवेशनबाट रानाले नेतृत्व गरेको प्यानल नै विजयी भएको छ ।
सभापति विजयी रानाले २३८ मत पाउँदा प्रत्यासी हिराबहादुर थापाले १८१ मत पाए ।

Advt.
उप सभापतिमा राना प्यानलका रेशमलाल पौडेल २४६ र पशुपति क्षेत्री २२९ मतका साथ विजयी भए ।
प्रत्यासी जानकी थापाले २०५ तथा लक्ष्मण शर्माले १६३ मत पाए ।
सचिवमा राजेश कुमार श्रेष्ठ २४४ र हरी भण्डारी २२३ मत पाएर विजयी भए ।
प्रत्यासी उमानाथ पाठक “अर्जुन” :१७५ र जीवन गुरूङ “कुमार” :२०० मतका साथ पराजित भए ।
सह-सचिवमा केश बहादुर थापा :२३६ र मुक्ति प्रसाद सापकोटा :२२६ मतका साथ विजयी भए । आकांक्षी राम बहादुर नेपाली :१८६ र सचिन भुजेलले :१८६ मत पाए ।