हातहतियार मुद्धामा फरार प्रतिवादी पक्राउ

  • ख-
  • ख+

दमौली : लामो समय सम्म फरार रहेका व्याक्ति जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ ।

जिल्लाको देवघाट गाउँपालिका वडा नं २ बैदी निवासी ३९ वर्षिय मिन बहादुर मगर पक्राउ परेका हुन् । अदालतले मिति २०७७ फागुन २१ गते गरेको फैसला पछि फरार रहेका थिए ।

निजलाई प्रहरीले ०७८ मंसिर २ गते पक्राउ गरि जिल्ला अदालत समक्ष पेश गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सेनाले बताए ।

२०७७ फागुन २१ गते अदालतले निजलाई २ महिना ९ दिन कैद सुनाएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी