‘युवालाई गाउँमै बसाउन ऋषिङ प्रतिवद्ध’

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपालिकाले युवालाई रोजगारी दिन नयाँ कार्यक्रम ल्याउने घोषणा गरेको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले युवालाई गाउँमै बस्ने वातावरण बनाउन रोजगारी केन्द्रीत कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको बताए ।

प्रधानमन्त्री रोजगार केन्द्र प्रमुख करुणा पुलामी मगरको बिदाई गर्दै उनले महिला भएर पनि ग्रामिण क्षेत्रमा उर्जा र कृयाशिलता जगाउन खेलेको भूमिका महत्वपूर्ण तथा मननयोग्य रहेको बताए ।

पुलामीले ऋषिङ्ग गाउँपालिकाले दिएको साथ सहयोग स्मरणीय रहने र ऋषिङ्ग गाउँपालिकाले रोजगार क्षेत्रमा आगामी दिनमा थप नयाँ कार्यक्रम ल्याउने विश्वास व्यक्त गरिन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत चिनबहादुर रानाभाट, शिक्षा शाखा प्रमुख सुवासचन्द्र रानाभाटलगायतले पुलामीले गरेका योगदानको चर्चा गरेका थिए ।

पुलामीको सक्रियतामा गत वर्ष सात लाख ६३ हजार रुपैयाँ बराबरको श्रममा आधारित रोजगारी गाउँपालिकासँगको सहकार्यमा सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी