स्वास्थ्य परियोजना पिसविन सार्वजनिक

  • ख-
  • ख+

महिला स्वास्थ्य परियोजना पिसविनको सार्वजनिक लेखा परिक्षण कार्यक्रम दमौलीमा सम्पन्न भएको छ ।

व्यास नगरपालिकाको सभा हलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले पिसविनको काम अत्यन्तै प्रशंसनिय भएको बताए । ब्यास नगरपालिका वडा नं ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा साखा प्रमुख नगेन्द्र रेग्मी , स्वास्थ्य शाखा प्रमुख प्रमोद सोति, पत्रकार बिकास खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय सरकार अन्तर्गत ब्यास नगरपालीका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकि नगरपालिका क्षेत्र बाट सेवाप्रदायक तथा सेवाग्राहीहरू सहभागी भएका थिए । सेवाग्राहीहरूले उठाएको प्रश्नहरूको पिसविन गण्डकी प्रदेश संयोजक पशुपति चौधरिले जवाफ दिएकि थिइन् । चौधरिले महिला तथा स्वास्थ्यको क्षेत्रमा पिसविनले गर्ने कामका बारेमा प्रस्ट्याउँदै सन् २०२१ को बजेट खर्च प्रस्तुत गरेकि थिइन् ।

२०४९ सालमा बाजुरामा दर्ता भइ सञ्चालन भएको पिसविन एक गैरसरकारी संस्था हो । यसले हाल शुदुरपश्चिम र गण्डकी प्रदेशमा बाल बिकास , शिक्षा , महिला र युवा नेतृत्व, जिविकोपार्जन, शुसासन, मानवअधिकार र लोकतन्त्र, प्रकोप पुर्व तयारी र भौतिक सुरक्षा, पोषण, सरसफाइ र स्वास्थ्य, जलवायु अनुकूलन र बाताबरण ब्यबस्थापनको क्षेत्रमा काम गर्दै आएको छ ।

दक्ष नागरिक, खुसि परिवार र सुखि समाजको लक्ष्य लिएको पिसविनले महिलाहरूले चाहेको समयमा गुणस्तरीय सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवाहरू दिँदै आएको चौधरीले बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी