व्यास १० मा कोरोना संक्रमणः परिवारै आईसोलेसनमा

  • ख-
  • ख+

दमौलीःसदस्यमा रुघा खोकी र ज्वरोको समस्या देखिए पछि व्यास १० को एक परिवारका सदस्यलाई कोरोना संक्रमणको आशंका भयो ।

ज्वरो र रुघाखोकी देखिए पछि परिवारका १२ वर्षिया र २१ वर्षियाले शुक्लागण्डकी नगरपालिकाको जीपी कोईराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रमा गएर स्वाब दिए ।

गत आईतबार आएको नतिजामा दुवैमा संक्रमण भेटियो । दिदी बहिनी अहिले जीपीकै आइसोलेसनमा छन् । उनीहरुमा संक्रमण देखिएपछि परिवारका सदस्यको पनि परीक्षण गर्दा बुधबार बाँकी चार जनामा पनि संक्रमण भेटियो ।

चार मध्ये तीन जना एकै परिवारका र अर्का बालक आफन्त हुन् । ४८ वर्षका ती पुरुषसँगै उनका आफन्त पाँच वर्षका बालक, अनि १८ वर्षिया छोरी र ४१ वर्षिया पत्नीमा पनि बुधबार संक्रमण भेटिएको थियो ।

सबै सदस्यमा संक्रमणपछि होम आइसोलेसन
परिवारकै सबै सदस्यमा संक्रमण भेटिएपछि बाँकी संक्रमितलाई होम आइसोलेसनमा राख्ने तयारी गरिएको छ । ‘दुई जना जीपीकै आइसोलेसनमा छन्,’ वडाध्यक्ष तुलसीराम सापकोटाले भने,‘परिवारमै संक्रमण देखिएपछि उहाँहरुलाई घरमै आइसोलेसन राख्ने तयारी गरेका छौं ।’

उनीहरुको घर अरु भन्दा पर रहेको र सबै संक्रमित भए पछि घरभित्रै बसेर स्याहार गर्ने चाहना व्यक्त गरेकाले सामाजिक दुरीसहित घरमै आइसोलेसन बस्न दिइने वडाध्यक्ष सापकोटाले बताए । ‘स्वास्थ्य मापदण्ड पालना गरेर जोखिम फैलन नदिन तत्काल विद्यालय नखोल्ने र अरु सजगता अपनाउने निर्णय गरेका छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी