जिल्लाका विभिन्न स्थानबाट विप्लवका कार्यकर्ता पक्राउ,बन्दले जनजिवन प्रभावित

  • ख-
  • ख+

दमौली : नेपाल बन्दलाई सफल गराउन सडकमा खटीएका नेकपाका १३ कार्यकर्तालाई तनहुँका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताएका छन् ।

पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुहरुमा सरकारले निरन्तर मुल्य बृद्धि गरेका कारण, मुल्यवृद्धि फिर्ता लिन माग गर्दै विप्लव निकट नेकपाले गरेको बन्दले तनहुँको मुख्य बजार दमौली ,दुलेगौडा, भिमाद,आँबुखैरेनी, डुम्रे लगायतका स्थान विहानै देखि बन्दको प्रभाव परेको पनि जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्