स्याङजा ट्याक्टर दुर्घटनाः मृतक भानुका युवाको शव ल्याउँदै युवा टोली

  • ख-
  • ख+

भानुः स्याङजामा ट्याक्टर दुर्घटनामा ज्यान गुमाएका युवाको स्थानीय युवा टोलीले शव ल्याएको छ । सोमबार भएको दुर्घटनामा ज्यान गुमाएका भानु ५ का सन्तोष गुरुङको त्यसक्रममा ज्यान गएको थियो । अर्का युवा रेशम गुरुङ घाइते छन् ।

स्याङजा जिल्ला आधिँखोला ५ स्थित एकरापमा भएको दुर्घटनामा सन्तोषले चलाएको ग १ त ६४४० न .को ट्याक्टर दुर्घटनामा परेको थियो । मृतक र घाइते काका भतिज हुन् ।

सन्तोषको घटनास्थलमै मृत्यु भएको र सह–चालक रेशम गुरुङ घाइते भएको प्रहरीले बताएको छ । रेशमको मणिपाल अस्पताल पोखरामा उपचार भैरहेको छ ।

भानुका युवाको टोलीले मृतकको शव घटनास्थलबाट ल्याएको छ । अब पारिवारिक परम्पराअनुसार अन्त्येष्टि गरिने युवा राजेश कार्कीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी