प्रितिको गीतमा झुमे दर्शक

  • ख-
  • ख+

विकास खनाल
दुलेगौंडाः
चर्चित लोकदोहोरी गायिका प्रिति आलेको गीतमा दर्शकहरू मस्तसँग नाचेका छन् । हरिबोधनी एकादशीका अवसरमा दुलेगौंडाको पुलचोकमा आयोजित बृहत साँस्कृतिक कार्यक्रममा हजारौंको संख्यामा आएका दर्शकहरू प्रितिको गितमा मस्त देखिन्थे ।

अर्का कलाकार राजेन्द्र खड्गीको दमदार प्रस्तुतिले साँच्चिकै मेलाको माहोल तातेको थियो । उपकार ब्रान्ड शिव सिखर एग्रो पालिको प्रायोजकमा भएको साँस्कृतिक कार्यक्रममा
ड्रिम्स नेपाल कल्चर र बुदोकैदो फुल कन्ट्याक महासंघ दुलेगौंडा शाखा आयोजक बनेर कार्यक्रम भएको लायन्स क्लब रिजन प्रसन प्रदिप थापाले बताए ।

राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति हेर्न घण्टौ टाढा बाट दर्शकहरू आएको थापाले बताए । हामीले यति धेरै मानिसको उपस्थिति होला भन्ने सोचेका थिएनौं तर सोचेको भन्दा धेरै आए भन्दै थापाले दर्शकको सँख्या बढ्दा कलाकारलाई हौसला बढ्ने बताए ।

साँस्कृतिक कार्यक्रममा बुदोकैदो दुलेगौंडा शाखाका खेलाडीले आफ्नो कौशल प्रस्तुत गरेको बुदोकैदोका केन्द्रीय महासचिव काजिमान श्रेष्ठले बताए । शुक्लागण्डकि नगरपालिकाका मेयर किसान गुरूङको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा आले र खड्कीसँगै , शंकर पन्त , सरस्वती लामिछाने , शोभा त्रिपाठी , रमेश मेलोडि , किशोर नेपाल , राजन चौलागाइं खैराते लगायतका कलाकारको प्रस्तुति रहेको महासचिव श्रेष्ठले बताए ।

सो अवसरमा राष्ट्रिय रूपमा फुल कन्ट्याक्ट् महिला ४५ केजी समुहमा स्वर्णपदक प्राप्त गरि तनहुँ दुलेगौंडाकि १ तोला सुन बिजेता बिनिता सुनार तथा प्रतिमा सुनारलाइ सम्मान गरिएको
बुदोकैदो तनहुँ अध्यक्ष शुनिल बसौलाले बताए । पुलचोकमा हरेक बर्ष एकादशी मेला लाग्ने गर्दछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी