कांग्रेस तनहुँ अधिवेशनः टिमसहित मियाँद्वारा प्रदेश सभापतिमा उम्मेदवारी घोषणा

  • ख-
  • ख+

दमौलीः कांग्रेस नेता गोरा मियाँले टिमसहित क्षेत्र नम्बर १ को प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समय पत्रकारिता र कांग्रेस राजनीतिमा सक्रिय मियाँले तनहुँ क्षेत्र नं १ प्रदेश सभा क सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।

उनको टिमबाट उपसभापतिमा राजु खड्का र उमा गोतामे ,सचिवमा गौकुमारी न्यौापाने र खोजबहादुर गुरुङ, सहसचिवमा गोविन्द जि.सि.र कर्ण गुरुङ रहेका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधीमा खुल्ला तर्फ अर्जुनबहादुर अधिकारी , भवेश्वर गुरुङ, विष्णुकुमार मल्ल, प्रेम राउत , सन्तोष अर्याल, गोविन्द श्रेष्ठ , सुदिप वंश न्यौपाने ,महिला खुल्ला तर्फ कल्पना के.सी. कल्पना गुरुङ क्षेत्री, कान्छीमाया तामाङ रहेका छन् ।

जनजाति तर्फ सुरेन्द्र श्रेष्ठ, पंच लामा , दिपा श्रेष्ठ, खस आर्य तर्फ दिनेशचन्द्र अधिकारी , वासना कुँवर , दलित तर्फ राधिका परियार र मुस्लिम तर्फ सकिना मियाँ रहेका छन् ।
उम्मेदवार दिनेहरु कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीनिकट मानिन्छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी