आइएलओ निर्देशकसँग भेट्दै श्रममन्त्री श्रेष्ठले भने, ‘स्वदेशमै रोजगारीको वातावरण बनाउँछौं’

  • ख-
  • ख+

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले स्वदेशमै रोजगारीका अवसर श्रृजना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । आफूसँग भेट्न आएका अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक रिचार्ड होवार्डसँगको भेटमा आईएलओसँग नेपालको साझेदारी र सहकार्यका बिषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।


छलफलका क्रममा मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालको श्रम प्रशासनलाई ब्यवस्थित गराउन तथा दीगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयन तथा राष्ट्रिय प्रतिबेदन तयारीमा गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री श्रेष्ठले सबै स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यमा आईएलओबाट समेत सहयोगको अपेक्षा गरिएको बताए ।
उनले श्रम शक्तिलाई दक्ष र ब्यवसायिक बनाई स्वदेशमानै रोजगारी अभिबृद्धि गर्ने नीति सरकारले लिएको बताए ।

आईएलओका नेपाल निर्देशक होवार्डले मन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना दिंदै थप साझेदारी र सहकार्य गरिने विश्वास व्यक्त गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी