कांग्रेस अधिवेशन : क्षेत्रीय सभापति लड्ने पण्डितको तयारी

  • ख-
  • ख+

दुलेगौंडाः नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि कृष्णराज पण्डितले क्षेत्र नम्बर २ को सभापति चुनाव लड्ने तयारी गरेका छन् । तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष र गण्डकी प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहिसकेका पण्डितले यसपालीको चुनावमा क्षेत्रीय सभापति लड्ने तयारी गर्दै छलफल तीव्र पारेका हुन् ।

साविक क्षेत्र नम्बर ३ बाट लोकप्रिय मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित पण्डितले आसन्न नगर, प्रदेश तथा क्षेत्रगत चुनावमा क्षेत्र नम्बर २ को संगठन बलियो पार्न भन्दै चुनाव लड्ने तयारी गरेको बताए । दमौली न्यूजसँग कुरा गर्दै उनले भने, आगामी चुनावमा सबै ठाउँमा जित्नका लागि भावनात्मक एकताको खाँचो छ । र, त्यो मैले पुरा गर्न सक्छु ।

उनले क्षेत्रभरबाट आफूलाई क्षेत्रीय सभापति पदमा लड्न सुझाव आएकाले सोही अनुसार अघि बढ्ने सोच रहेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी