स्याङ्जामा पुरिएका ६ को शव भेटियो

  • ख-
  • ख+

स्याङ्जा: स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । एक जनालाई जीवितै उद्धार गरिएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–१४ तमादीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएका थिए । पहिरोले पुरिएर २७ बर्षीय उमाकला नेपाली, ४८ बर्षीय माया नेपाली, ३० बर्षीय दिपक नेपाली, ६० बर्षीय सानी नेपाली र ९ बर्षीय बिवश नेपाली रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ । अन्य चार जना बेपत्ता छन् ।

स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ । पहिरोले बाबुराम दमाई र जगत बहादुर दमाईको घर बगाएका छ । घर भित्र बाबुराम दमाईको छोरा बिष्णु दमाई पुरीएका हुन् । स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना उद्धारमा खटिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्