तनहुँ कांग्रेसको दुर्लभ दृश्य: एकै थलोमा कांग्रेसका चार शीर्ष नेता !

  • ख-
  • ख+

विकास खनाल
म्याग्देः
तनहुँमा कांग्रेसको गुटबन्दी निकै चरमस्तरमा छ, भनिन्छ । यसकै कारण कतिपय नेताको बोलचाल नहुने अवस्था छ । कतिपय भने सकेसम्म मञ्च शेयर गर्दैनन् । तर, म्याग्देमा कांग्रेसको गाउँ कार्य समितिले गरेको एक कार्यक्रममा भने फरक धार र समूहको नेतृत्व गरिरहेका केन्द्रीय राजनीतिका चार नेता एकै थलोमा भेटिए ।

केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल तथा आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेले मञ्च साझा गरेका हुन् । सहभागी कार्यक्रममा वक्ताहरुले पार्टी संगठन बलियो र एक बनाउन जोड दिए । यी चारै नेता तनहुँमा आ आफ्नै समूह निर्माण र कार्यकर्ता परिचालनमा सक्रिय छन् ।

पार्टी अधिवेशनकाे मुखैमा भएको भेटघाट एवम् छलफल कार्यक्रममा काङ्ग्रेस नेता तथा कार्यकर्ताकाे बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा बाेल्दै केन्द्रीय सदस्य एवम् तरूण विभाग प्रमुख भण्डारीले काङ्ग्रेसले गरेको अभ्यासमा सुधार गर्नुपर्ने बताए ।

‘हिजो तनहुँ घर भन्दा सिर उठ्थ्याे , काङ्ग्रेसमय थियो तनहुँ , अनि गाैरब लाग्थ्यो तर अहिले शिर निहुरिनु पर्ने अवस्था अाएकाे छ , काङ्ग्रेस पछाडि परेको छ , त्यो के कारणले ? सबैले अाअाफ्नाे ठाउँबाट गम्भीर रूपमा साेच्नुपर्ने बेला भएको छ,’ नेता भण्डारीले भने । पार्टीका सबै कार्यकर्ता बिच एकता नभै संगठन मजवुद नहुने भण्डारीकाे भनाइ थियो ।

साे अवसरमा भण्डारीले विपक्षी संग लड्न र बिपक्षीलाई हराउने ल्याकत राख्ने खालको काङ्ग्रेस
पार्टी बनाउनुपर्नेमा जाेड दिए । जिम्मेवारीता , जवाफदेहितामा मात्रै पार्टी बलियो बन्ने हुँदा नेता देखि कार्यकर्ता जिम्मेवार बन्नुपर्ने भण्डारीकाे भनाइ थियो ।

केन्द्रीय सदस्य गाेविन्द भट्टराईले कम्युनिस्टको निर्वाचन नाम मात्रैकाे निर्वाचन हुने गरेको बताउँदै कम्युनिस्टले फाेस्रा अाश्वासन मात्रै दिएर जनता झुक्याउने काम गरेको बताए । कम्युनिस्ट सरकार भ्रस्टाचार मा लिप्त भएकोले देश पछाडि परेको र अाँफुहरू नमिलेर देशलाई अफ्ट्यारोमा पारेपछि काङ्ग्रेसले सत्ता लिएर देशलाई बचाउने काम गरेको बताए ।

अर्का केन्द्रीय सदस्य प्रदिप पाैडेलले काङ्ग्रेसका सबै सदस्यहरू एउटै घरको परिवारका सदस्य भएको बताए । बिपक्षी लाई प्रतिस्पर्धि बनाउनुपर्नेमा पार्टी भित्रकै सदस्यलाई विपक्षी ठान्दा पाटि कमजोर हुने पाैडेलकाे भनाइ छ । काङ्ग्रेस संगठन निर्वाचनमुखि हुनुपर्छ भन्दै पाैडेलले पार्टीले उठाउने उमेदवार ब्यक्ति नभै पार्टीकै हुने बताए ।

संबिधान सभा सदस्य ध्रुव वाग्लेले हिजोको जस्तो काङ्ग्रेसकाे साैर्य अाज फेरि अाबस्यक परेको बताए । चिन्तनकाे , बिचारकाे धनी पाटि नवनाए सम्म काङ्ग्रेस बलियो नहुने भन्दै वाग्लेले सबैलाई गुटबन्दी छाेडि एकजुट हुन अाग्रह गरे । वाग्लेले नेतृत्वमा जुझारुपन र सुझबुझ अाउन सके पार्टी बलियो हुँदै जाने धारणा राखेका थिए ।

कार्यक्रममा काङ्ग्रेस नेताहरू प्रा डा कृष्णप्रसाद गाैतम , क्षेत्रीय सभापति किसान गुरूङ , संविधानसभा सदस्य झुलबहादुर अाले , राजेन्द्र कृष्ण श्रेष्ठ , बालकृष्ण घिमिरे , मायादेवी राना , निलबहादुर थापा , उत्तम मिश्र , बलबहादुर अाले , तिलबहादुर थापा , कृष्णराज पण्डित , भक्तबहादुर श्रेष्ठ , रबिचन्द्र पाैडेल , माधव भट्टराई , तारा अधिकारी , शिव रानाभाट , रामबहादुर अधिकारी , जितराज राना , हुत्तमणि अधिकारी , सुर्यभक्त भण्डारी , अानन्द राज त्रिपाठी , पुर्णचन्द्र घिमिरे , इन्द्रबहादुर अाले , माेहन कुमार श्रेष्ठ , रामकृष्ण विक , माेहन गिरि , मिलन अाले , चुडामणि खनाल , डाेलबहादुर सुनार , यदुनाथ खनाल , गाैरबराज राना लगायतका बक्ताहरूले पार्टीलाई एकढिक्का बनाउनेतर्फ लाग्नुपर्ने बताएका थिए । काङ्ग्रेस म्याग्देका सभापति रामभक्त घिमिरेकाे सभापतित्वमा भएको कार्यक्रमकाे स्वागत चिनिमाया थापाले र सञ्चालन शुन्दरमणि अधिकारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी