सत्यवती माविको विव्यस अध्यक्षमा करुण काफ्ले फराकिलो मतले विजयी

  • ख-
  • ख+

दमौलीः सत्यवती माविको विव्यस अध्यक्षमा करुण काफ्ले फराकिलो मतका साथ विजयी भएका छन् । अध्यक्ष पदका लागि भएको मतदानमा खसेको कुल १०९७ मध्ये सदर १०७५ मत गणनामा काफ्लेले ५८० मत पाएका थिए ।

निकटतम प्रत्यासी सुरेश वाग्लेले २९० मत पाएका छन् ।

यसैगरी, अध्यक्षका अर्का प्रत्यासी सूर्यचन्द्र लम्सालले १२६ मत पाउँदा ७२ माधव अधिकारीले ५९ मत पाए ।
निर्वाचित अध्यक्ष काफ्लेलाई व्यास २ का वडाध्यक्ष काशिराम श्रेष्ठले बधाई ज्ञापन गरे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्