सुनचाँदी व्यवसायी संघले गर्यो पदस्थापन कार्यक्रम

  • ख-
  • ख+

देव गजमेर (ओझेल) दमौली : तनहुँ सुनचाँदी व्यवसायी संघ तनहुँको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार सन्तोष होटलमा सम्पन्न भएको कार्यक्रमा नवनिर्वाचित अध्यक्ष तथा कार्यसमितिलाई प्रमुख निर्वाचन आयुक्त अमृत बहादुर नेपालीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । पदस्थापन कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्ण सुनारले नव निर्वाचित अध्यक्ष बिनोद कुमार वि.क. लाई माईन्युट हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष, संघका सस्थापक अध्यक्ष मोहन कुमार वि.क.को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा बहादुर वि.क र नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव, तनहुँ सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष केश बहादुर सुनार रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मोहन कुमार वि.क.ले बोल्दै नयाँ कार्यसमिति सुरु हुदै छ,नयाँ विहानी सुरु हुदै छ, नयाँ मिरमिरे घाम झुल्कदै छ,यसले सवैलाई ताप दिदै छ,यसले सवैको अधिकार,संरक्षण गर्ने कुरा बताए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै व्यवसायी हितका लागि लाग्नु पर्ने कुरा पनि बताएका थिए ।

विशिष्ट अतिथि नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दुर्गा बहादुर वि.कले व्यवसायीको पिर–मर्कालाई बुझेर काम गर्नु पर्ने बताए । अर्का विशिष्ट अतिथी नेपाल सुनचाँदी व्यवसायी महासंघका सचिव, यसै संस्थाका पुर्व अध्यक्ष केश बहादुर सुनारले अहिले व्यवसायी गर्न साह्रै समस्या रहेको बताउदै, सहज रुपमा व्यवसायी गर्न कसरी हामीले पहल गर्न सकिन्छ भन्ने कुरा उपस्थित माझ राख्दै सो कुरामा पहल गर्न आग्रह गरेका थिए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेजबहादुर वि.कले शुभकामना मन्तव्य राख्दै नयाँ कार्यसमिति व्यवसायीक हकहितको लागि सधै तत्पर रहने कुरामा आशाबादी रहेको बताए । नयाँ कार्यसमितिहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष विनोद कुमार वि.क.ले कुनै पनि व्यवसायीलाई सहि रुपमा अगाडी बढाउन एकताको खाँचो रहेको बताउदै आफ्नो कार्यकालमा सुनचाँदी व्यवसायीहरुको हकहितका लागि निरन्तर लाग्ने प्रतिबद्धता गरे । पदस्थापन कार्यक्रम कृष्ण सुनारको अध्यक्षतामा भएको थियो । उक्त कार्यक्रम सचिव हरि गहतराजले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी