म्याग्देमा सार्वजनिक सुनुवाइ,तत्कालै वडा सचिव देउ

  • ख-
  • ख+

विकास खनाल म्याग्दे : म्याग्दे गाउँपालिकाको आ व २०७८ र २०७९ को प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ कात्तिक २५ गते सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकाको वडा नँ ५ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूले विभिन्न जिज्ञासा राखेका थिए ।


सेवाग्राहिहरू काशीराम अर्याल,पदम माया थापा यमबहादुर गुरूङ,कृष्णबहादुर खड्का क्षेत्री लगायतले शिक्षा,स्वास्थ्य,मोटरबाटो लगायतका बिकास निर्माणका सम्बन्धका बिषयमा जिज्ञासा राखेका थिए । यस्तै सेवाग्राहीहरूले समयमै गाउँ टोलमा सुचना नपाउँदा गाउँ तथा वडा बाट दिने सेवा लिन नपाइएको गुनासो गरेका थिए ।

सेवाग्राहीले म्याग्दे ५ मा तत्कालै वडा सचिव खटाएर पठाउन अनुरोध गरे । वडा सचिव दरबन्दी अनुसार नपठाइदिँदा वडा बासिलाइ सेवा लिन झन्झट भएको उनिहरूको गुनासो थियो । सार्वजनिक सुनुवाइका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले राम्रो कामको पनि प्रसंसा गर्ने बानिको बिकास गर्नुपर्ने बताइन् ।

कमजोरी जति औँल्याउनुहुन्छ तर भएको कामको प्रसंसा गर्नुहुन्न १ रानाले दुखेसो पोख्दै भनिन् । काम गर्दागर्दै कहिले बाढी पहिरोले , कहिले कोभिड महामारीले अफ्ट्यारो पर्दा सोचे जसरी बिकास गर्न नसकेको रानाको भनाइ थियो । गाउँपालिका भित्र समान दृष्टिकोणले बजेट बितरण गरेको र अहिले थुप्रै देखिने काम भएको रानाले बताइन् । गाउँपालिका भित्र लागत सहभागीता योजना प्रभावकारी भएको रानाको भनाइ छ ।

कार्यक्रममा उपाध्यक्ष बालकृष्ण घिमिरेले समाज बिकासको लागि स्थानीय ब्यक्तिहरू जागरूक हुनुपर्ने बताए । सबै काम जनप्रतिनिधिले मात्रै गर्नपर्छ भन्ने मानसिकता त्याग्नुपर्ने भन्दै घिमिरेले जनप्रतिनिधि प्रतिनिधि पात्र मात्रै भएको बताए । हरेक ब्यक्तिमा
सामाजिक सेवाको स्वार्थ हुनुपर्नेमा ब्यक्ति गत स्वार्थ भएकोले समाज पछि परेको घिमिरेको भनाइ थियोे । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जतिसक्दो छिटो सचिव पठाउन पहल गर्ने बताए । लोकसेवा बाट आउने कर्मचारीलाई छिट्टै पठाउँछौँ अधिकारीले भने ।

गाउँपालिकाले गर्ने हरेक काम सेवाग्राहीको नजरमा कस्तो छ त्यसवारेमा प्रस्ट भन्न आग्रह गर्दै सार्वजनिक सुनुवाइ भनेको साझा खुल्ला थलो भएको बताए । पहिलो चौमासिकमा कामको थालनी मात्रै हुने र प्रगति देखाउन नसक्ने बेला भएको अधिकारीले बताए । उनले अहिलेसम्म गाउँपालिकाले ६७ वटा कानुन बनाएको र ११८ वटा कार्यपालिका बैठक बसेको जानकारी दिए । अधिकारीले गाउँपालिकाको गतिविधि,सेवाग्राही प्रति निभाएको उत्तरदायित्व बारेमा प्रस्ट्याउँदै कर्मचारीले आर्थिक प्रलोभनमा नपरि शुसासन र जवाफदेहिताको आधारमा सेवा दिइरहेको बताए ।

यस्तै वडा भित्रका सेवाग्राहीको जिज्ञासा र गुनासो सोहि वडा म्याग्दे ५ का अध्यक्ष शिव बहादुर आलेले मेटाएका थिए । स्पिड सोलुसन प्रालिका सहजकर्ता कुमार कञ्चन जिसिले सञ्चालन गरेको कार्यक्रममा स्पिड सोलुसनका उपनिर्देशक चुडामणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा पञ्जिकरण शाखा प्रमुख एक कुमार श्रेष्ठ, वडा नँ ५ का सचिव राम भण्डारी, प्रधानमन्त्री रोजगार शाखाका प्रदिप सिग्देल, महिला तथा बालबालिका शाखा प्रमुख सारदा गैर्हे, पशु भेटनरि शाखा प्रमुख श्रीकृष्ण पौडेल, कृषि शाखाका प्रशान्त लामिछाने, स्वास्थ्य शाखाका दिनेश पण्डित, प्रशासन शाखा प्रमुख इन्द्र प्रसाद खनाल, योजना शाखा प्रमुख श्रीराम खनाल प्राविधिक शाखाका शिव ज्ञवाली, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, शिक्षा शाखाका महेश भट्टराई , लेखा शाखा प्रमुख नवराज पोख्रेल लगायतले आआफ्नो शाखाको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी