व्यास १० मा ५ बेडको अस्पताल

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिकाले व्यास १० दुम्सीको आधारभूत स्वास्थ्य केन्द्रमा पाँच बेडको अस्थायी अस्पताल स्थापना गर्ने निर्णय गरेको छ । सरकारबाट अस्थायी अस्पतालको अनुमति आएकामा दुम्सीको आधारभूत स्वास्थ्य केन्द्रमा सञ्चालन गर्ने बुधबारको नगर कार्यपालिका बैठकले निर्णय गरेको हो ।

न्गर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले उप प्रमुख मीरा जोशी संयोजक रहेको समितिलाई अस्थायी अस्पतालसँगै नगरस्तरीय अस्पतालको पूर्वाधारका लागि असोज भित्र प्रतिवेदन दिने गरी गठन गर्ने निर्णय गरेको छ ।
दशैं बजार चलाउन समिति
बैठकले दमौलीमा दशैं बजार सञ्चालनका लागि व्यास ३ का अध्यक्ष प्रेमकुमार श्रेष्ठ संयोजकत्वको समिति बनाएको छ । समितिले आवश्यक गृहकार्य गरेर बजार सञ्चालन गर्ने नगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको छ ।
व्यास नगर विकास समिति गठन
व्यास नगरपालिकाले प्रस्ताव गरेको नगर विकास समितिलाई सरकारले स्विकृत गरेको छ । बोर्ड बैठकमा नगर प्रमुख न्यौपाने अध्यक्ष रहेको समितिलाई सरकारले स्विकृत गरेको जानकारी प्रस्तुत गरिएको थियो ।

बैठकपछि प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी विज्ञप्तिमा समितिमा जिल्ला समन्वय समिति सदस्य केशबहादुर सुनार, मालपोत अधिकृत, नापी अधिकृत, व्यास १० का वडाध्यक्ष तुलसीराम सापकोटा, व्यास ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठ, व्यास ६ का वडाध्यक्ष सूर्यभक्त भण्डारी, व्यास २ का समाजसेवी देवकुमार श्रेष्ठ, व्यास ५ की समाजसेवी कला पुन तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहेको जानकारी गराइएको उल्लेख छ ।

बैठकले दशैंमा विदेशबाट आउनेलाई सुरक्षित राख्न र आवश्यक क्वारेन्टिन राख्न सामुदायिक भवन उपलब्ध गराउन संघ संस्थासँग अनुरोध गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले विपद्बाट क्षतिग्रस्त पुल, बाटा र कल्भर्ट पुनस्र्थापनाको प्रक्रिया अघि बढाउने पनि निर्णय गरेको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी