
दमौली : तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले जन्मदिनको अवसरमा आश्रमलाइ सहयोग गरेका छन् ।
सोमबार बिहान महिलाहरू बाट सञ्चालित बेद ब्यास ज्येष्ठ नागरिक आश्रममा पुगि श्रेष्ठले ७ हजार ५ सय ५५ रूपया सहयोग गरेको आश्रमकी सचिव निर्मला मल्लले बताइन् । आश्रम सन्चालनको सेवा लाई थप सहज बनाउन र फजुल खर्चलाई समाजिक काममा लगाउन सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।
रकम सहयोग गरेकोमा आश्रम परिवारले पुण्यको खाता खोलि सहयोग गर्नुभएको भन्दै श्रेष्ठ परिवार लाई धन्यवाद दिएको छ ।