पत्रकार खनाल सम्मानित

  • ख-
  • ख+

दमौली : पत्रकारिताको क्षेत्रबाट क्लबलाई महत्वपुर्ण सहयोग गरेको भन्दै नवपसले युवा क्लवले पत्रकार बिकास खनाललाई सम्मान गरेको छ । दिपावलीको अवसरमा आयोजित बिबिध साँस्कृतिक कार्यक्रमका अवसरमा क्लवले पत्रकार खनाललाई सम्मान गरेको हो ।

सम्मानित खनाललाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकि अध्यक्ष मायादेवी रानाले टीका तथा सम्मानपत्र प्रदान गरेकि थिइन् । उक्त अवसरमा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , क्लवका अध्यक्ष आशिश श्रेष्ठ, वडा अध्यक्ष श्रीबहादुर थापा, सदस्य सुनिता नेपाली, रामभक्त घिमिरे लगायत कलाकार तथा सयौं दर्शकको उपस्थिति रहेको थियो ।

क्लबले सम्मान गरेकोमा आभार प्रकट गर्दै खनालले, आँफुलाई पत्रकारिताको क्षेत्रमा कलम चलाउन थप हौसला मिलेको बताए । पत्रकार महासँघ तनहुँका सदस्य समेत रहेका खनाल तनहुँमा १ दशक अगाडि देखि पत्रकारिताको क्षेत्रमा सकृय छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी