महिला सशक्तिकरण सञ्चार समाज गठन

  • ख-
  • ख+

दमौलीः तनहुँका संचारकर्मी महिलाहरूको बुधबार दमौलीमा सम्पन्न एक भेलाले महिला सशक्तीकरण संचार समाज गठन गरेको छ । भेलाले दमौली न्युजकी कार्यकारी सम्पादक प्रकृति खनालको अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेको हो ।

समाजको प्रथम उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, कोषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ छन् । कार्य समितिका सदस्यहरूमा सम्झना रसाइली, आजिमा खातुन, बिन्दु नैनाबस्ती, कोपिला सुनार, मनु सापकोटा, शर्मिला विक र अस्मिता खनाल छन् ।

जिल्लामा रही संचारक्षेत्रमा समन्वयत्मक हिसाबले यस क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूको पेशागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउने हेतुले संस्था गठन गरिएको नवनिर्वाचित अध्यक्ष खनालले बताइन् ।

समाजले तनहुँ कार्यक्षेत्र बनाई संचार संस्थासंग आवद्व महिलाहरूको हकहितमा काम गर्ने सचिव अञ्जु दाहालले जानकारी दिइन् ।

समाजको आगामी बैठकबाट तनहुँका प्रत्येक स्थानीय तहमा संयोजक तोकि सशक्तिकरणका कार्यक्रमहरू प्रभावकारी तवरले शुरू गर्ने सचिव दाहालको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्