शिवशक्ति युथ क्लबको साँस्कृतिक कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

म्याग्दे : म्याग्दे गाउँपालिका वडा नँ २ स्थित शिवशक्ति युथ क्लबको आयोजनामा भएको बिविध साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ ।

दिपावलीको अवसरमा बुधबार जामुनेको पिपलडिहिमा आयोजित कार्यक्रमलाई काङ्ग्रेस नेता शंकर भण्डारीले सम्बोधन गर्दै युवाहरूलाई समाजिक काम गर्दै संस्कृतिको जगेर्ना गर्ने अनुरोध गरे । तनहुँ कला र संस्कृतिको दृष्टिकोणले पनि सम्भावना रहेको जिल्ला भन्दै भण्डारीले समाज परिवर्तनमा युवाको भुमिका महत्त्वपूर्ण हुने बताए ।

क्लवका अध्यक्ष रमेश क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य एवं काङ्ग्रेस नेता ध्रुव वाग्ले, नेका केन्द्रीय बिदेश बिभाग प्रमुख नर्वु लामा शेर्पा, म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी, वडा अध्यक्ष मोहन कुमार श्रेष्ठ, काङ्ग्रेस म्याग्दे सभापति रामभक्त घिमिरे, नेकपा एमाले म्याग्दे इन्चार्ज रत्ना घिमिरे, शुलभ अधिकारी, कृष्ण रानाभाट, नन्दु थापा लगायतले कार्यक्रमको सफलताको सुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा कलाकारहरू बिन खाती, कृष्ण सुवेदी, सजना बास्तोला, सरस्वती लामिछाने, मिठु झा, बालकृष्ण वाग्ले लगायतले गित गाएर दर्शकलाई मनोरञ्जन गराएका थिए । साँस्कृतिक कार्यक्रममा दर्शकहरूको उल्लेख्य सहभागीता रहेको क्लवका अध्यक्ष रमेश क्षेत्रीले बताए

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी