देउसी भैलो राती १० बजे पछि खेल्न नपाईने

  • ख-
  • ख+

दमौली : जिल्ला प्रसाशन कार्यालय तनहुँले राती १० बजे पछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ । यद्यपि चाडपर्व मनाउदा अनावाश्यक यात्रा र जमघट नगरी घरमै बसेर मनाउन भनिएको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समय र कोभिड –१९ को जोखिम नै रहेको भन्दै जोखिमबाट बच्दै चाडपर्व मनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन तनहुँका अनुसार दिपावलीको अवसरमा पटका,आतवाजी, झिरझिरे, भुईचम्पा जस्ता विस्फोटक जन्य पदार्थ प्रयोग नर्गनु नगराउन पनि अनुरोध गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी