धन्वन्तरी पुजा सम्पन्न

  • ख-
  • ख+

दमौली : राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्ती धन्वन्तरि पुजा गरि सकिएको छ ।
आयुर्वेद विकासको आधार जनशक्ति बिकासको पुर्वाधार भन्ने मुल नाराका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दमौलीले १६ गते मंगलबार गरेको पुजा समारोहमा गण्डकी प्रदेशका मन्त्री दोबाटे बिकको सहभागीता रहेको थियो ।

त्यस्तै सांसद सरिता गुरूङ, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अध्यक्ष देवी बहादुर बस्नेत,कोलेनिका प्रमुख किशोर कुमार श्रेष्ठ, बलभद्र वाग्ले , शिवराज काफ्ले लगायतको सहभागीता रहेको थियो । आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका प्रमुख डा.रामप्रवोध मण्डल मुख्य कर्ता भइ गरेको पुजामा पुजारी तिर्थराज पौडेल रहेका थिए ।

धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तकका रूपमा लिने गरिन्छ ।पौराणिक कालखण्ड देखि नै धन्वन्तरीलाई आरोग्यताका देवताका रूपमा हेरीएको पाइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी