मंसिर १८ गतेबाट दाेस्राे ऋषिङ अध्यक्ष कप

  • ख-
  • ख+

दमौली: ऋषिङ गाउँपालिकाकाे आयाेजनामा अन्तरपालिका स्तरीय खुल्ला पुरूष भलिबल प्रतियोगिता हुने भएको छ । मंसिर १८ गतेदेखि २२ गतेसम्म ऋषिङकाे झापुटारमा दाेस्राे ऋषिङ अध्यक्ष कप प्रतियोगिता हुने मंगलबार अायाेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा बाेल्दै ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले अन्य विकास सँगसँगै खेलकुद क्षेत्रलाई पनि बिकासकाे प्राथमिकतामा राखेको बताए । पहिलो बर्ष हाम्रो सिक्दैमा गयो , दाेस्राे बर्षदेखि राष्ट्रपति रनिङ सिल्ड र तेस्रो बर्स प्रथम अध्यक्ष कप , म्याराथन लगायतका प्रतियोगिता गरि अहिले हामी दाेस्राे संस्करणमा प्रतियोगिता गर्दै छाैँ अध्यक्ष श्रेष्ठले भने ।

गाउँपालिका – पालिका बिच समन्वय समेत गराउने विश्वास खेलबाट लिएको भन्दै श्रेष्ठले देशकै लागि उत्कृष्ट खेलाडी उत्पादन गर्ने अर्को उद्धेश्य रहेको बताए ।

कार्यक्रमलाई प्रभावकारी बनाउन
दानबहादुर श्रेष्ठकाे संयाेजकत्वमा ३ सदस्यीय कर्मचारीहरूकाे तयारी टिम र खेलकुदका लागि १ जना वडा अध्यक्षकाे नेतृत्वमा अर्को तयारि टिम गठन गरि काम सुरु गरिने श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम , द्धितिय र तृतीय हुने टिमलाई क्रमशः
१ लाख ४० हजार , १ लाख र ६० हजार रहेको श्रेष्ठले जानकारी दिए ।

साेहि अवसरमा नेपालमै पहिलो मानिएकाे अल्ट्राम्याराथन प्रतियोगिता गरेर ऋषिङले रेकर्ड राखेको समेत जानकारी दिइयो । प्रतियोगिता सफल पार्न ६ लाख गाउँपालिकाले बिनियाेजन गरेको र अपुग भएमा थप्ने समेत अध्यक्ष श्रेष्ठले जनाए । गतबर्ष १७ टिमकाे सहभागीता रहेको भए पनि यसपटक ५० टिमकाे सहभागीता रहने अपेक्षा गरेको भन्दै श्रेष्ठले अन्यत्र कार्यक्रम नजुधाेस भनेर नै १ महिना अगाडि पत्रकार सम्मेलन गरिएको बताए ।


कार्यक्रममा जिल्ला समन्वय तनहुँका प्रमुख शान्तिरमण वाग्ले , निलबहादुर थापा , तिलबहादुर थापा , माेहन गिरि , परशुराम गिरि , कविराज श्रेष्ठ लगायतले सबै एकजुट भएर कार्यक्रम सम्पन्न गर्नुपर्ने बताएका थिए ।

पत्रकार सम्मेलनमा ऋषिङ गाउँपालिकाका उपाध्यक्ष गिनिमाया थापाले स्वागत र दानबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी