
दमौलीः नेपाल प्रेस सेन्टर तनहुँको अध्यक्षमा सानेबहादुर नेपाली सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार सम्पन्न पाँचौं अधिवेशनले जनचासो न्यूजका सम्पादक नेपालीको नेतृत्वमा सर्वसम्मत कार्य समिति चयन गरेको हो ।
नेकपा माओवादीको भ्रातृ संगठनको पुर्नगठित समितिको उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा करुणा थापा तथा सह सचिवमा सुवास कुँवर निर्वाचित भएका छन् ।

अधिवेशनले कोषाध्यक्षमा सावित्रा कोइराला तथा सदस्यहरुमा सूर्यभक्त पौडेल, आइपी ढकाल, रविन्द्र कँडेल, मनिषा खड्का, अनु विक, रेखा सापकोटा, रजनी चुमान तथा सञ्ज कुमार विकलाई चयन गरेको छ ।
अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा रामबहादुर घले र अस्मिता खनाल तथा प्रदेश प्रतिनिधिमा आइपी ढकाल र सूर्यभत्तः पौडेल चयन भएका छन् ।