तनहुँमा बढ्यो संक्रमण दरः १५ जना संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः तनहुँमा बुधबार मात्र १५ जनामा नयाँ कोरोना संक्रमण भेटिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको पछिल्लो तथ्यांकका अनुसार जिल्लाका पाँच तहमा संक्रमित थपिएका छन् ।

व्यास नगरपालिकामा छ जनामा नयाँ संक्रमण भेटिएको छ । संक्रमित मध्ये व्यास १० का ४८ वर्षका पुरुष विद्युत प्राधिकरण दमौलीमा कार्यरत छन् । ४८ वर्षका ती पुरुषसँगै उनकै परिवारका पाँच वर्षका बालक, अनि १८ र ४१ वर्षिया महिलामा पनि संक्रमण भेटिएको हो ।

व्यास ३ का २३ वर्षका पुरुष तथा व्यास २ का ५३ वर्षका पुरुषमा पनि संक्रमण भेटिएको छ । व्यास २ का संक्रमित भारतबाट फर्किएका बताइएको छ ।

संक्रमितमा भानुका २ र ५ का गरी दुई, आँबुखैरेनी ३ र २ का गरी दुई तथा देवघाट ५ का एक छन् ।
यस अघिको रिपोर्टले भीमादमा दुई संक्रमित भेटिएको थियो ।

एकै साथ पाँच तहमा संक्रमित भेटिएपछि यसले संक्रमण दर बढाउने आशंका गरिएको छ । संक्रमितहरु धेरैजसो कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट भेटिए पनि केही संक्रमित भने समुदायका भेटिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्