तनहुँ सुनचाँदी व्यवसायी संघमा विनोदकुमार (पदाधिकारीको मतसहित)

  • ख-
  • ख+

दमौली: तनहुँ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा विनोदकुमार विक निर्वाचित भएका छन् ।

शनिबार भएको तेश्रो अधिवेशनअन्र्तगत आईतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार अध्यक्षमा विजयी विकले ९२ मत तथा प्रत्यासी एक बहादुर विकले ७५ मत पाए ।

अधिवेशनबाट उपाध्यक्षमा ९० मतका साथ हरि गहतराज निर्वाचित भए । उनका प्रतिष्पर्धी भिमबहादुर विकले ७९ मत पाए । अधिवेशनबाट सचिवमा विजयी पदमबहादुर सुनारले एक सय मत प्राप्त गरे । सचिवका अर्का प्रत्यासी पूर्णबहादुर विकले ६३ मत पाए ।

संघका निवर्तमान अध्यक्ष कृष्ण सुनारको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका मन्त्री डोवाटे विश्वकर्माले देशको अर्थतन्त्रमा सुनचाँदी व्यवसायको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

उनले प्रायः दलित समुदाय यसमा आवद्ध रहेको भन्दै पेशागत विकासका सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी