विपन्न विद्यार्थीलाई पढ्न रोटर्याक्ट शुक्लागण्डीको मासिक एक हजार

  • ख-
  • ख+

दुलेगौंडा : रोटर्याक्ट क्लब अफ शुक्लागण्डकीले आर्थिक अवस्था कमजोर भएका नगर क्षेत्रका विद्यार्थीलाई पढ्न सघाउन मासिक एक हजार रुपैयाँ सहयोगको घोषणा गरेको छ ।


क्लबले पाँच जना त्यस्ता विद्यार्थीलाई मासिक पठनपाठन खर्च भन्दै रकम उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष मनिष अर्यालले दमौली न्यूजलाई बताए ।

शुक्रबार बसेको क्लबको बैठकले अभिभावक नभएका, विपन्न तथा अपांगता भएका कक्षा नौबाट स्नातक तहसम्मका विद्यार्थीलाई सघाउने निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।
शुरुवाती चरणमा सानो रकमबाट अभियान थालेको भन्दै उनले यसलाई विस्तार गरिने प्रतिवद्धता पनि जनाए ।

क्लबले शुभेच्छुकबाट यस्तो सहयोग लिने योजना बनाएको छ । अध्ययन शुरु भए पछि निरन्तर छात्रवृत्ति सहयोग गर्नका लागि क्लबले एक स्वतन्त्र टोलीमार्फत नाम छनोट गर्नेछ । आर्थिक अभावमा कसैले पढ्नबाट वञ्चित हुनु नपरोस् भनेर अभियान थालेका हौं, उनले भने

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी