
दमौलीः अपांगता अधिकारका क्षेत्रमा क्रियाशिल तनहुँका अधिकारकर्मी पदम परियार यस क्षेत्रमा क्रियाशिल संस्थाहरुको राष्ट्रिय नेटवर्क सीबीआरका राष्ट्रिय संयोजक निर्वाचित भएका छन् ।
हालै राजधानीमा सम्पन्न राष्ट्रिय नेटवर्कको राष्ट्रिय सम्मेलन मार्फत उनी संयोजकमा निर्वाचित भएको तनहुँका अर्का अपांगता अधिकारकर्मी दामोदर रेग्मीले जानकारी दिए ।
नवनिर्वाचित संयोजक परियारले अपांगता अधिकारका सवाल राष्ट्रिय रुपमा अघि बढाउन भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

विगत २४ वर्ष देखी अपाङ्गता भएका व्यक्तिहरुको समुदायमा नै सशक्तिकरण, समावेशीकरण, पुनस्र्थापन र अधिकार प्रवद्र्धन गराउन कार्यरत नेटवर्कमा देशभरका ३० भन्दा बढी विभिन्न सेवा प्रदायक तथा अधिकारवाला व्यक्तिका संस्थाहरु आवद्ध छन् ।