ऋषिङ गाउँकार्यपालिका निर्णयः गाउँ फर्कनेलाई घर बनाउन १ लाख अनुदान

  • ख-
  • ख+

ऋषिङः ऋषिङ गाउँपलिकाले गाउँ फर्कन चाहनेका लागि घर बनाउन एक लाख अनुदान दिने प्रक्रिया अघि बढाएको छ ।

गाउँमा फर्केर बसोबास गर्न चाहनेका लागि जग्गा उपलब्ध गराउँदै घर बनाउन दिइने रकमका लागि सूचना प्रकाशन गर्ने गाउँपालिकालेक्ष् निर्णय गरेको छ ।

अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले यस अघि गाउँ सभाले पारित गरेको कार्यक्रम अघि बढाउने निर्णय गरेको एक अधिकारी दानबहादुर श्रेष्ठले जानकारी दिए ।
बैठकले बस्ती स्थानान्तरणमा क्षति तथा आवश्यकता हेरी आवास निर्माणको लागि ६० हजार रुपैयाँसम्म थप अनुदानको व्यवस्था गर्नेलगायतका निर्णयहरु पनि गरेको बताइएको छ ।

विद्यालय र कार्यालय सहयोगीको तलबमा स्थानीय सरकारको थप रकम
बैठकले विद्यालयका पूर्व प्राथमिक सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमान कायम गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

संघीय सरकारले व्यवस्था गरे अनुरुप उपलब्ध न्युनतम तलबमानमा स्थानीय तहबाट थप गरि कार्यालय सहयोगीका लागि ३ कक्षा सम्म १० हजार, पाँच कक्षा सम्मका लागि १२ हजार तथा आठ कक्षा सम्मका लागि १३ हजार रुपैयाँ तलबमान कायम गरेको छ ।

बैठकबाट १२ कक्षा सम्मका लागि १४ हजार तथा विद्यालय सहयोगी सहजकर्ताका लागि १५ र लेखापालका लागि १६ हजार रुपैयाँ तलबमान कायम गर्ने प्रस्ताव सर्वसम्मत पारित गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी