एनआरएन महासचिव प्रत्यासी केशवलाई पितृशोक

  • ख-
  • ख+

रहेनन् कलेस्तीका शिक्षासेवी बालचन्द्र

दमौलीः एनरआरएनए अमेरिकाका पूर्व अध्यक्ष एवं वर्तमान आईसीसी महासचिव प्रत्यासी डा. केशव पौडेललाई पिृशोक परेको छ ।

कलेस्ती क्षेत्रको शिक्षासेवामा आजीवन सेवा गरेका उनका पिता बालचन्द्रको निधन ८२ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
कलेस्तीको माहेन्द्री माविमा लामो समय सेवापश्चात निवृत्त पौडेलले अमरसिंह मावि (तत्कालीन चन्द्रवदन मिडिल स्कूल)को प्रधानाध्यापकका रुपमा समेत लामो समे सेवा पुर्याएको कांग्रेस नेता रामचन्द्र पोखरेलले जानकारी दिए ।


नेपाली कांग्रेस भूमिगत हंदाका संकटका दिनहरुमा समेत योगदान दिएका स्वर्गीय पौडेलले कलेस्ती उपत्यकाको विकासमा समेत योगदान दिएको उनले बताए ।

स्वर्गीय पौडेलका पुत्र डा. केशव अमेरिकामा चिकित्सा क्षेत्रमा समेत समेत सेवारत छन् भने अर्का पुत्र गोविन्द सीटीइभीटीको कालिगण्डकी प्राविधिक शिक्षालयको प्रमुख रहिसकेका छन् । उनका चार पुत्री छन् ।
स्वर्गीय पौडेलको राजधानीस्थित पशुपती आर्यघाटमा आईतबार अन्त्येष्टि गरिने र त्यसमा डा. पौडेल समेत सहभागी हुने पारिवारिक श्रोतले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्