पुरानो परम्परालाई तोड्दै,महिलाले बोके शव

  • ख-
  • ख+

विकास खनाल दमौली : दमौलीमा महिलाहरूले शव बोकेका छन् । पुरानो मान्यता र परम्परालाई चुनौति दिंदै महिलाहरूले शव बोकेका हुन् ।

महिलाहरू द्वारा सन्चालित बेद ब्यास जेष्ठ नागरिक आश्रममा आश्रीत ८६ बर्षिय जगत बहादुर अधिकारिको शुक्रबार निधन भए पछि महिलाहरू आफैले सवलाइ बोकेर सेतीमादि घाटमा पुर्याइ अन्तिम संस्कार गरेको आश्रमकि कार्यबाहक अध्यक्ष सकुन्तला आलेले बताइन् ।


यस अघि स्वर्गीय अधिकारीकाे स्वकसभा गरिएको अध्यक्ष सावित्री श्रेष्ठले बताइन् । विगत ६ बर्षदेखि आश्रममा आश्रय लिइरहेका अधिकारीलाई उनकै भाइका पनाती सुमन अधिकारीले दागबत्ती दिएका थिए । अन्त्येष्टि कार्यक्रममा कोषाध्यक्ष अरूणा श्रेष्ठ ,म्याग्दे गाऊँपालिकाकी अध्यक्ष माया देवि राना, आश्रमका सल्लाहकार देवकुमार श्रेष्ठ,रोटरी क्लब अफ दमौलीका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, त.उ.वा.संघका प्रथम उपाध्यक्ष ईमकुमार मल्ल,कल्पना पोख्रेल, नारायणी अधिकारी,सपना पौडेल,अरूना श्रेष्ठ,गिता खनाल,पवित्रा खनाल, सरू श्रेष्ठ,ज्ञानु श्रेष्ठ,वेलु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । महिलाहरूले यश अगाडि पनि आश्रममा मृत्यु भएका ब्यक्तिहरूको सवलाइ आफैले बोकि लगेर अन्त्येष्टि गर्ने गरेको आश्रमकि सचिव निर्मला मल्लले बताइन् ।

जिवित हुँदा पालन पोसण गरेको र मृत्यु भए पछि पनि अन्त्येष्टि महिलाहरूले नै गर्ने गरेको मल्लको भनाई थियो । २०७० सालदेखि सुरु भएको आश्रममा हालसम्म ५ जनाको मृत्यु भैसकेको छ । पितृसत्तात्मक सोचलाइ परिवर्तन गर्न र महिलाहरूले पनि समाजमा केही गर्न सक्छन् भन्ने उदाहरण दिनपनि काँध हालेको इनरह्विल क्लवकि अध्यक्ष समेत रहेकि मञ्जु थापाले बताइन् । ३० जना सदस्य बाट सुरु भएको आश्रममा अहिले ३ सय ३० जना महिलाहरू आबब्द रहेको आशा क्षेत्रीले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी