छाब्दी मन्दिरमा भक्तालुको भिड

  • ख-
  • ख+

छाब्दी : तनहुँको प्रसिद्ध धार्मिक स्थल छाब्दी वाराही मन्दिरमा भक्तालुहरूको भिड बढेको छ ।

बुधबार पुर्णिमाको दिनमा मात्रै ५ सय जति भक्तालुहरू मन्दिरमा पुजा गर्न आएको मन्दिरका सहायक पुजारी तिलबहादुर थापाले बताए । उनका अनुसार दशैं आसपास भिडभाड बढेको र पुर्णिमाका दिनमा झनै धेरै मानिस आएका थिए । १२ वटा जति बोका र ६० वटा जति कुखुरा आएको पनि बताए ।

मन्दिरमा भक्तालुहरूको भिड बढे सँगै होटल हरू पनि भरिभराउ भएका छन् । छाब्दीमा होटल गर्ने सम्झना थापाले केही दिन यता खाजा खाने मानिसको चाप बढेको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी