नेकपा एस् तनहुँको इञ्चार्जमा चित्र, शंकरनारायण र कलिला सह इञ्चार्ज

  • ख-
  • ख+

दमौलीः नेकपा समाजवादी तनहुँको ईञ्चार्जमा चित्र थापा चयन भएका छन् । पार्टीको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य थापालाई तनहुँको इञ्चार्ज तथा सह ईञ्चार्जमा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठलाई तोकेको छ ।

तनहुँ इञ्चार्ज थापालाई आदिवासी जनजाति महासंघ ईञ्चार्ज पनि पार्टीले तोकेको छ ।
पार्टीकी प्रतिनिधि सभा सदस्य कलिला खानलाई तनहुँ सह ईञ्चार्ज तथा मुस्लिम संगठन सह ईञ्चार्जको जिम्मेवारी तोकिएको छ ।

गण्डकी सचिवमा पिएल, उप सचिवमा रेखा
बैठकले केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठलाई गण्डकी प्रदेश कमिटीको सचिव तोकेको छ । यसैगरी, अर्की केन्द्रीय सदस्य रेखा थापा बस्याललाई गण्डकी उप सचिवको जिम्मेवारी तोकिएको छ ।

पार्टीका किसान केन्द्रीय कमिटि सदस्य एवं मन्त्री कृष्णकुमार श्रेष्ठलाई भने विशेष जिम्मेवारी तोकिएको छैन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी