गण्डकीमा कोरोनाः तनहुँमा ४ सहित २५ संक्रमित थपिए

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका एक र भीमादका तीन जनामा संक्रमण भेटिएको छ ।

व्यास २ का ५३ वर्षका पुरुषसँगै भीमाद २ का ३६ र २६ वर्ष तथा भीमाद १ का २६ वर्षका पुरुषमा संक्रमण भेटिएको हो ।


पछिल्लो नतिजामा कास्कीको पोखरा उपमहानगरपालिकाका नौ, लमजुङका पाँच, स्याङजाका तीन, बाग्लुङका दुई तथा नवलपरासी बर्दघाट सुस्तापूर्व र म्याग्दीका एक।एक जनामा संक्रमण देखिएको निर्देशनालयले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी