नवदुर्गाले फुलकाे डाेली भित्र्यायाे

  • ख-
  • ख+

गुणादी : नवदुर्गा अामा समूह म्याग्दे १ गुणादीले फुलकाे डाेलि भित्र्याएकाे छ । माथिल्लो गुणादी दुर्गा मन्दिरबाट गुणादी बाराहि मन्दिरमा पुगि पुजाअांचा सहित डाेलि भित्र्याइएकाे अामा समुहकि अध्यक्ष सन्तु थापाले बताइन् ।

फुलकाे डाेलि भित्र्याउने कार्यक्रमकाे कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । कार्यक्रमकाे उद्घाटन गर्दै रानाले नवदुर्गा अामा समुहले धर्म , संस्कृति बचाउने काम गरेको भन्दै खुशी व्यक्त गरिन् । गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राम्रो कामकाे लागि गाउँपालिकाले सहयोग गर्ने बताए ।

अामा समुहका अध्यक्ष सन्तु थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता शिवशरण वाग्ले , मिना श्रेष्ठ , लक्ष्मि श्रेष्ठ , गाेविन्द खनाल , याे माया प्रधान , हरिप्रसाद खनाल , शिवदत्त खनाल , लक्ष्मण श्रेष्ठ , कृष्ण रानाभाट लगायतले शुभकामना दिएको जनचेतनाका अध्यक्ष बिकास खनालले बताए ।

यसैबीच म्याग्दे ७ काे जनचेतना अामा समूह र ब्राह्मण समाजले पनि फुलकाे डाेली भित्र्याएको छ । अामा समुहकि अध्यक्ष सुमित्रा रेग्मी र ब्राह्मण समाजका अध्यक्ष शिवप्रसाद वाग्लेले साे कार्यक्रमकाे अध्यक्षता सँगै कार्यक्रम गरेको स्थानीय अगुवा श्रीभद्र अाचार्यले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्