बधाई थाप्दै मन्त्री विकले भने, ‘तनहुँको विकासमा मुख्य नजर’

  • ख-
  • ख+

दमौलीः गण्डकी प्रदेशका मन्त्री डोवाटे विकले प्रदेश सरकारमा आफ्नो प्राथमिकता विकास हुने बताएका छन् ।

आफ्नो सम्मानका लागि व्यास १० मा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै उनले तनहुँ आफ्नो जिल्ला भएकाले पनि विशेष प्राथमिकतामा राख्ने बताए ।

हालै मात्र मन्त्रीको जिम्मेवारी पाएका उनका लागि विभागको जिम्मेवारी दिन बाँकी नै छ ।

मन्त्री विकको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस वडा सभापति प्रेमराज मिश्र, निवर्तमान सभापति खड्कबहादुर अधिकारी, वडा सदस्य पतिमाया दरै, दरै उत्थान समितिका केन्द्रीय सदस्य टिका दरै, तरुण दल वडा अध्यक्ष किशोर गुरुङ, दुम्सीचौर टोलका अध्यक्ष चेतबहादुर दरैलगायतले विक मन्त्री बन्नुले कांग्रेसमा निष्ठाको राजनीतिको सम्भावना अझै रहेको शंकेत गरेको बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी