पसले आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाउँपालिका वडा नं ३ मा बनेको पसले आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । स्वास्थ्य केन्द्रको सोमबार म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाले उद्घाटन गरिन् । स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै अध्यक्ष रानाले स्वास्थ्यसँग सम्बन्धित क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरेको बताइन् ।

प्रत्येक वडामा नागरिकको आवश्यकता अनुसार स्वास्थ्य कार्यालय खुल्दै गएको र सिटामोल लगायतका सामान्य औषधी निःशुल्क व्यवस्था गरिएको रानाले जानकारी दिइन् ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले आफुहरू जनप्रतिनिधि भएर आएपछि बिकासका धेरै काम भएको बताए । शिक्षा , स्वास्थ्य , खानेपानी , सडक , कृषि सबै क्षेत्रमा बिकास ले गति लिएको उनको भनाई थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले अहिले गाउँपालिकाको पुर्वाधार वर्ष भएको भन्दै स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।

कसरी छिटोछरितो , दिगो र नागरिक मैत्री सेवा दिन सकिन्छ भनेर गाउँपालिका लागिपरेको अधिकारीको भनाइ थियो । साथै अधिकारीले स्वास्थ्य चौकी रू २६ लाख ४३ हजार ८ सय ३९ रूपयांमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

स्वास्थ्य केन्द्रमा दुई जना प्रविधिक र एकजना कार्यलय सहयोगी गरि तीनजना कर्मचारीले कार्यलयबाट स्वास्थ्य सेवा दिइने बताइएको छ ।

कार्यक्रममा वडा अध्यक्षहरू शिवबहादुर आले , प्रेमबहादुर थापा , कार्यपालिका सदस्य बद्रीका भट्टराई , वडा सदस्य सुनिता नेपाली , दधिराज श्रेष्ठ , आशिष श्रेष्ठ , बद्रीनाथ घिमिरे , गङ्गाराम राना , भिमकुमारि आले , शोभा कोइराला , श्रीकृष्ण विक र सत्यदेवि पण्डित लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रमको अवसर पारि जग्गादाता सुदिप लामिछाने , शिवराज लामिछाने , बद्रीनाथ लामिछाने , गगन बहादुर माकिम , सोमबहादुर माकिम , ओम बहादुर माकिमलाई गाउँपालिका अध्यक्ष मायादेवी राना तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले सम्मान गरेका थिए ।

यस्तै स्व. हरिकृष्ण लामिछानेको परिवारलाई पनि सम्मान गरेको श्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले बताए ।
म्याग्दे ३ का अध्यक्ष श्रीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको वडा सचिव मोहन सिंह खड्काले सञ्चालन र कार्यपालिका सदस्य राधिका वाग्लेले स्वागत गरेकि थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी