मन्त्री बनेका डोवाटेले भने,‘कानुनले तोकेको काम गर्छु’

  • ख-
  • ख+

दमौलीः लामो समयको अड्कलबाजीका बीच तनहुँका प्रदेश सभा सदस्य डोवाटे विकले मन्त्रीको सपथ लिएका छन् ।

यस अघि नै सूचीमा परे पनि अन्तिम समयमा हटेर चर्चामा रहेका डोवाटेको मन्त्री यात्राले यसपाली भने सफलता पायो ।

विना विभागियको जिम्मेवारी पाएका विकले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ लिए ।

अन्ततः सफल भए डोवाटे
केही दिन अघिदेखि नै आन्तरिक रुपमा विकलाई मन्त्री बनाउने तयारी भए पनि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको कार्यालय यसपाली भने सूचना लिक हुन नदिन सतर्क देखियो ।

‘मुख्यमन्त्रीज्यूले राजधानीमा रहेका बखत पार्टी सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड तथा नेता रामचन्द्र पौडेलसँग यसबारे विमर्श गर्नुभएको थियो,’ श्रोतले भन्यो,‘आजको नियुक्ति त्यसैको परिणाम हो ।’

एक सातादेखि गोप्य सूचना

तर, विगतमा पहिल्यै हल्ला भएर नभए पछि देखिएको विवादले समस्या पारेकाले यसपाली कार्यालयले यो सूचना अति गोप्य रुपमा राखेको दावी श्रोतको छ ।
विक मन्त्री बनिरहँदा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै हुनुलाई संयोग मात्र नमान्नेको कमी छैन ।

मन्त्री बनेका विकले तत्काल जिम्मेवारी पाउन कानुनी व्यवस्था बाधक भए पनि उनले कानुनले तोकेको जिम्मेवारी पुरा गर्ने बताएका छन् ।
विक मन्त्री बन्न लागेको सूचना दमौली न्यूजले ब्रेक गरेको थियो ।



कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी