
भानुः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले भानु १० काउरेखोलामा एक सय बढी घरधुरी लाभान्वित हुने खानेपानी योजनाको उद्घाटन गरेका छन् ।
खानेपानी तथा सरसफाइ डिभिजनको कबिर १५ लाख लागतमा निर्मित योजनाको उद्घाटन गर्दै उनले घर घरमा धारा पुुर्याएर महिला तथा पुरुषको टाउकोबाट नाम्लो हटाउने अभियान सार्थकतातर्फ उन्मुख रहेको बताए ।

मैले पहिल्यैदेखि दिदि बहिनीको टाउकोबाट नाम्लो हटाउने अभियानमा काम गरिरहेको छु। उनले भने आज धेरै ठाउँमा खानेपानी पुुग्दा म आफैंलाई भाग्यमानी ठानिरहेको छु।
उनले आफू अझै पनि क्षेत्र नम्बर १ मा यो अभियानमा निरन्तर लाग्ने भन्दै हरेक बस्तीमा पीउने पानी पुर्याइछाड्ने बताए ।

कम्युनिष्ट नेतृत्वमा भन्दा आफूहरुकै पालामा विकास भएको भन्दै केन्द्रीय सदस्य भट्टराईले अब नागरिकले झनै महसुस गर्ने हिसाबले विकास गर्ने बताए ।
कार्यक्रममा भानु१० का वडाध्यक्ष गोविन्द सिलवालले भट्टराईले विकासका योजनामा लिएको अग्रताले प्रेरणा मिलेको बताए ।