हामी निर्वाचित भए पछि धेरै काम: जोशी

  • ख-
  • ख+

दमौली: विजया दशमी , दिपावली छठ र नेपाल सम्वतको उपलक्ष्यमा व्यास नगरपालिका वडा नम्बर २ ले सुभकामना अादानप्रदान कार्यक्रम गरेको छ । व्यास २ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा वडा कार्यलयमा आयाेजित सुभकामना अादानप्रदान कार्यक्रमकाे प्रमुख अतिथि व्यास नगरपालिकाका उपप्रमुख मिरा जाेशी थिइन् ।

उप प्रमुख जाेशीले उपस्थित जनप्रतिनिधि , टाेलविकास समिति र कर्मचारीहरू लाई सुभकामना दिंदै चाडपर्वले सबैमा मेलमिलापको भावना ल्याउने बताइन् । विकास निर्माणकाे काममा जनप्रतिनिधि भएर आफुहरू आएपछि धेरै काम भएको उनको भनाइ थियो । कार्यक्रममा वडा अध्यक्ष काशीराम श्रेष्ठले वडाका टाेलटाेलमा , चाेकचाेकमा विकासले फड्को मारेको बताए ।

टाेल विकासका अध्यक्ष लगायत सबै जनताले सहयोग र उचित सुझाव दिएकाले आफूहरुले जनताको काम गर्न सकेको उनको भनाइ थियो । हामीले अझै धेरै काम गर्थ्याैं तर, बाढी पहिरोकाे समस्या सँगै काेभिड १९ काे महामारीले आफ्नाे कार्यकालमा साेचेजस्ताे काम हुन नसकेपनि पछिल्लो समयमा तीव्रता साथ वडाको काम भएको श्रेष्ठको भनाइ थियो ।

वडा सचिव पम्फा बस्नेतले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यपालिका सदस्य कल्पना पाेख्रेलले गरेकि थिइन् ।कार्यक्रममा वडा सदस्यहरू टुकबहादुर हमाल , लालबहादुर थापा , राधिका परियार लगायतले सुभकामना दिएका सिद्धिविनायक टाेलका अध्यक्ष विकास खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी