गण्डकी साक्षर प्रदेश घोषणाः तनहुँमा साक्षरता प्रतिशत ९६.४

  • ख-
  • ख+

पोखराः गण्डकी प्रदेशलाई साक्षर घोषणा गरिएको छ । पोखरामा आयोजित कार्यक्रमकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो घोषणा गरेका हुन् ।

प्रदेशमा साक्षरताका सूचक पुरा भए पछि यस्तो घोषणा गरिएको गण्डकी प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहित उच्च सरकारी अधिकारीको उपस्थितिकाबीच यस्तो घोषणा गरिएको हो ।

यस अवसरमा प्रधानमन्त्री देउवाले पोखरा महानगर ९ नयाँ बजारमा रहेको क्षेत्रीय संग्रहालय परिसरमा साक्षर गण्डकी प्रदेशको स्तम्भ पनि अनावरण गरे । प्रम देउवाले समान शिक्षाको अवसरमा जोड पनि दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यस क्षणलाई ऐतिहासिक र सुखद् भन्दै प्रदेशवासीलाई बधाई ज्ञापन गरे । उनले हावापानीको अनुकुलता र विशिष्टताले गर्दा यस प्रदेशले शिक्षा, स्वास्थ्य र खेलकुदको केन्द्र बन्न सक्ने क्षमता राख्ने बताए ।

पृथ्वी राजमार्गको मुग्लिन पोखरा खण्डको स्तरोन्नति हुने भन्दै उनले पोखरा क्षेत्रीय विमानस्थलको नजिकमा रहेको पृथ्वी राजमार्गको चाउथेदेखि पृथ्वीचोकसम्मको खण्डको पहिलो चरणमा काम गर्नका लागि सम्बन्धित ठेकेदारलाई निर्देशन दिन प्रधानमन्त्रीसँग अनुरोध गरे ।

यसो गर्न सकेमा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका यात्रुहरु सहजताका साथ लेकसाइडसम्म जानसक्ने अवस्था निर्माण हुने पनि उनले बताए ।

तनहुँमा ९६ प्रतिशत साक्षर
गण्डकी सरकारले सार्वजनिक गरेको आँकडामा प्रदेशमा ९६ प्रतिशत बढी नागरिक साक्षर रहेको उल्लेख छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयका अनुसार गण्डकीमा साक्षर नागरिकको स्तर प्रदेशको औसतभन्दा माथि छ । गण्डकीमा सबैभन्दा कम लमजुङमा ९५.५ अधिक नवलपुरमा ९८ प्रतिशत प्रतिशत साक्षर छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्