चन्द्रावती महायज्ञ:दसौं दिन सम्ममा ३६ लाख संकलन

  • ख-
  • ख+

भानु: भानु नगरपालिका वडा नँ १३ चन्द्राबतिमा भएको महायज्ञकाे १० अाैं दिनसम्ममा ३६ लाख रूपयाँ दान संकलन भएको छ ।

दसौं दिनमा सनिवार मात्रै ६ लाख संकलन भएको र अहिलेसम्मकै धेरै भानु नगरपालिका वडा नँ १३ टुटेपानि निवासी क्याप्टेन हाेम बहादुर गुरूङ र नन्दकुमारि गुरूङबाट रू १ लाख ३१ हजार १ सय ११ रूपयाँ दान सँकलन भएको अार्थिक सँयाेजक देशबन्धु खड्काले बताए ।

असाेज १४ गतेदेखि २६ गतेसम्म सञ्चालन भएको महायज्ञमा १ करोड उठाउने लक्ष्य राखिएको अार्थिक संयाेजक एवम् काेशाध्यक्ष खड्काले बताए । महायज्ञमा सहयोग गर्न र कथा सुन्न भक्तालुहरूकाे दिनप्रतिदिन भिड बढ्दै गएको अार्थिक संयाेजक खड्काले जानकारी दिए ।

साविक ज्यामरूक कवाचितका पुर्खा नैनसिंह अधिकारीले वि सं १८९० सालमा छिमेकी पुर्काेट , चाेक बसन्तपुर , सम्जुर गाउँहरूकाे बिच चन्द्रावतिमा महादेव मन्दिर बनाइ नैनेश्वर महादेव स्थापना गरि पुजाकाे निमित्त जग्गा गुठी राखि बगैंचा बनाइ शिवरात्रि समेतको पर्वमा हाट बजार लगाउने व्यवस्था गरेपछि यस मन्दिर प्रचलनमा अाएकाे जनश्रूति रहेको बताइन्छ ।

महायज्ञकाे प्रखर कथावाचक पं श्री कपिल देव भट्टबाट संगितमय कथा प्रवचन भइरहेको मुल समारोह समितिका संयाेजक ध्रुव चन्द्र अधिकारीले बताए ।

प्राचीन एवं पाैराणिक , एतिहासिक महत्त्व बाेकेकाे मन्दिर भए पनि पछिल्लो समय जिर्ण र पछि परेको अवस्थामा त्यसको भाैतिक पुर्वाधार निर्माण सुधारको लागि महायज्ञ अायाेजना गरिएको महायज्ञ मुल समारोह समितिका सचिव कुबेर खनालले बताए । गाउँ गाउँमा धर्म लाेप हुँदै गएको अवस्थामा धर्म संस्कृतिलाई जाेगाउन पनि महायज्ञ अायाेजना गरिएको हाे , सचिव कुबेर खनालले भने । पहिला पहिला यश मन्दिरमा धार्मिक भक्तालुहरूकाे ठुलो भिड लाग्दथ्याे तर पछिल्लो समयमा मन्दिर जिर्ण भएकोले भक्तालुहरू काेहि नअाउँदा दुख लाग्ने भन्दै खनालले अब यसलाई पुनर्निर्माण गर्नु अाँफुहरूकाे दायित्व भएको बताए ।

पुरातत्व बिभागमा परेको यश मन्दिरमा १० लाख रूपया छुट्याइ बिभागले काम गर्न लागेको समेत खनालले जानकारी दिए । मन्दिर भित्रकाे पुरानो संरचनालाई नमास्ने गरि पुनर्निर्माण गरिने मुल समारोह समितिका अार्थिक संयाेजक देशबन्धु खड्काले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी