शुक्लागण्डकीमा किन बढ्दैछ संक्रमण ? यी हुन् कारण

  • ख-
  • ख+

पवन पौडेल
दमौली: लामो समय करिब शून्य प्रायः रहेको शुक्लागण्डकी नगरपालिकामा केही दिनयता कोरोना संक्रमण बढिरहेको छ । सोमबार शुक्लागण्डकीमा एकै परिवारका १२ सहित १७ जनामा एक साथ संक्रमण भेटिएको थियो ।

त्यसभन्दा केही अघि पनि शुक्लागण्डकी नगरपालिकामा दैनिकजसो संक्रमित भेटिने क्रम निरन्तर चलेको थियो । लामो समय घटिरहेको ग्राफ बढ्न थाल्नुमा के हुन सक्छ कारण ? कतिपयले शुक्लागण्डकीमा समुदाय संक्रमणको अवस्था डरलाग्दो हुन सक्ने त्रास पनि व्यक्त गरिरहेका छन् ।

पोखरामा बढ्दो आउजाउ
शुक्लागण्डकीको छिमेकमा कास्कीको पोखरा महानगरपालिका छ । लक डाउन खुकुलो भएसँगै दैनिक कामका लागि पोखरासँग बढी निर्भर क्षेत्रमा आउजाउ बाक्लेको थियो ।

पोखरामा समुदाय संक्रमण बढिरहेकाले पोखरासँगको आवतजावत बाक्लिंदा शुक्लागण्डकीमा संक्रमण बढिरहेको सहजै अनुमान गर्न सकिन्छ । लक डाउन खुकुलो भएपछि बढिरहेको संक्रमण दरले यस कुरामा बल पु¥याइरहेको छ ।

होम क्वारेन्टिनको लापरबाही
पछिल्लो समय देशैभर होम क्वारेन्टिनमा बस्ने बढेका छन् । शंकास्पद तथा टाढाको यात्रा गरेर फर्केकालाई घरमै स्वास्थ्य मापदपण्ड कायम गरेर बस्न अनुमति दिनेमा शुक्लागण्डकी नगरपालिका पनि पर्छ । यस्तोमा क्वारेन्टिनमा बस्नेले लापरबाही गरिदिंदा संक्रमित बढेका छन् ।

गत २२ भाद्रमा भारतबाट आएर होम क्वारेन्टिनमा बसेका शुक्लागण्डकी ११ का २३ वर्षका पुरुषमा २९ गते पोजिटिभ भेटियो ।

यसबीचमा उनले ४० जनासँग सम्पर्क गरेको भेटियो । उनीमाथि नगरपालिकाले ५ हजार जरिवाना पनि ग¥यो । केही दिन अघि संक्रमित भेटिएका एक व्यवसायीको परिवारका १२ जनामा संक्रमण भेटियो ।

यसले होम क्वारेन्टिनमा बस्नेहरुले लापरबाही गरेको देखाउँछ । यसले पनि संक्रमण फैलाउन भूमिका खेलेको देखिन्छ ।

भारतबाट आउनेको बढ्दो संख्या
नगरपालिकामा सोमबार र मंगलबार संक्रमित भेटिएकामा भारतबाट फर्किएका व्यक्ति पनि छन् । उनीहरु होम क्वारेन्टिनमै थिए ।

भारतबाट आउनेको संख्या बढेसँगै उनीहरुमध्ये धेरैमा संक्रमण भेटिएबाट संक्रमण बढ्नुमा भारतबाट आउनेको संख्या बढ्नुलाई पनि कारण ठानिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी