
दमौली: रानीगांऊ युवा क्लवको १३औं अधिवेशन सनिवार सम्पन्न भएको छ । अधिवेशनले मनाेज पाेख्रेलकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिकाे उपाध्यक्षमा बमबहादुर पाेख्रेल , सचिवमा सुभद्रा भट्ट , सहसचिवमा शिव पाैडेल र काेशाध्यक्षमा माेहन सापकोटा रहेका छन् । यसैगरी समितिकाे सदस्यहरूमा कृष्ण अधिकारी , पुस्कल भट्टराई , दिलिप अधिकारी , विशाल भट्ट , जितबहादुर दरै , प्रमिला काेइराला , जमुना अधिकारी र अशाेक पाैडेल रहेका छन् ।
यसअघि कार्यक्रमकाे व्यास नगरपालिका वडा नं ११ का वडा सदस्य रामकृष्ण अधिकारीले गरेका थिए । उनलेे युवा क्लवकाे महत्त्व र भुमिका महत्त्वपूर्ण हुने बताए । देशमा परिवर्तनको मुख्य भुमिका युवाहरूको हुने भन्दै उनलेे समाजिक काममा युवाहरू लाग्नुपर्नेमा जाेड दिए ।
क्लवका निवर्तमान अध्यक्ष कृष्णप्रसाद तिवारीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रेम प्रकाश भट्टराई, दिपक राज पौडेल, तिर्थ राज भट्ट, शोभा अधिकारी, विकाश चन्द्र भट्टराई, थम बहादुर दरै लगायतले सुभकामना ब्यक्त गरेका थिए । रानीगाउँ युवा क्लव व्यासनगर पालिकाकाे जेठो क्लव मध्येमा पर्ने बताइएको छ