म्याग्दे दमाैली समाजको शुभकामना आदानप्रदान

  • ख-
  • ख+

दमौली: विजया दशमी तथा दिपावलीकाे अवसर पारि म्याग्दे दमाैली समाजले शनिबार दमाैलीमा शुभकामना अादानप्रदान कार्यक्रम गरेको छ ।

समाजका अध्यक्ष मनिराज थापाको अध्यक्षतामा भएको शुभकामना अादानप्रदान कार्यक्रममा पुर्व अध्यक्ष भाग्यशाली ढुंगाना , सहसचिव कमला वाग्ले , काेशाध्यक्ष रमा वाग्ले , हरिश्चन्द्र वाग्ले , सदस्य देवी पाैडेल खनाल , विधान मस्यौदा समितिका सदस्य केशव पाैडेल , पुर्व सचिव पदम कुमार श्रेष्ठ , पुर्व सदस्य राधा वाग्ले लगायतको उपस्थिति रहेको सचिव बिकास खनालले बताए ।

म्याग्देबाट बसाइ , ब्यापार व्यवसाय र राेजगारिकाे शिलशिलामा दमाैली अाएका ब्यक्तित्वहरू लाई संगठित र मजवुद बनाउँदै अफ्ट्यारोमा परेकालाई सहयोग गर्ने उद्धेश्यले समाज स्थापना भएको सहभागीहरूले बताएका थिए ।

समाजले यस अगाडि विभिन्न राेगले बिमारी भइ सख्त भएकाहरू लाई सहयोग गर्दै अाएकाे अध्यक्ष मनिराज थापाले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी