नेकपा एस्को दमौलीमा शक्ति प्रदर्शन तयारी, दुई मन्त्री झाँक्री र किसान आउँदै

  • ख-
  • ख+

दमौलीः सरकार विस्तारमा मन्त्री बनेकै भोलिपल्ट नेकपा एस्का दुई मन्त्री शनिबार तनहुँ आउँदैछन् ।

यस अघि नै तय नेकपा एस्को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलामा दुई मन्त्रीसहित अरु केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने जिल्लास्तरका नेता सहभागी हुँदैछन् ।

नेकपा एमालेबाट विभाजन भएर बनेको एस्का लागि यो शक्ति प्रदर्शनको उपयुक्त अवसर हो । साथै, लामो समयको प्रतिक्षा पछि मन्त्री बनेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठको पहिलो जिल्लास्तरीय कार्यक्रम ।

कार्यक्रममार्फत एमालेका नेता कार्यकर्ता पाटी प्रवेश गराउनेदेखि अरु कार्यक्रम समेत राखिएको बताइएको छ । दमौलीको मनकामना चलचित्र मन्दिरमा हुने कार्यक्रममा कार्यकर्ताको बाक्लो उपस्थिती रहने जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठले जानकारी दिए ।

केन्द्रीय नेताहरु प्रतापलाल श्रेष्ठ, चित्र थापा, विद्या ढकाल, रेखा बस्याललगायतको गृहजिल्ला तनहुँमा पार्टीमा नेता कार्यकर्ता प्रवेशससहित वृहत कार्यक्रम गर्ने तयारी पार्टीको छ ।
केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ तथा कलिला खान समेतको गृह जिल्ला भएका कारण केन्द्रीय नेतृत्वले तनहुँको पार्टी संगठन र गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।

केन्द्रीय नेता एवं प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ तथा कलिला खान समेतको गृह जिल्ला भएका कारण केन्द्रीय नेतृत्वले तनहुँको पार्टी संगठन र गतिविधिलाई नजिकबाट नियालिरहेको छ ।

यसै मेसोमा आगामी शनिबार पार्टीले केन्द्रीयस्तरका नेताहरुसमेतको उपस्थितिमा कार्यक्रम गर्न लागेको जिल्ला सचिव श्रीराम कार्कीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा केन्द्रीय नेतृ रामकुमारी झाँक्री विशेष आकर्षण रहनेछिन् । कार्यक्रममा बाक्लो उपस्थिति जुटाउने गरी तयारी भैरहेको कार्कीले बताए ।

एमालेबाट केही जनप्रतिनिधि तानेको पार्टीले अझै नेताहरुको संख्या र प्रभावका आधारमा कार्यकर्ता आकर्षित गर्न सकिरहेको छैन । यस्तोमा उसको शक्ति प्रदर्शन कार्यक्रमले के कस्तो प्रभाव देला रानजीतिवृत्तमा चासोपूर्वक हेरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

W कभर स्टोरी