दमौली : जेसिज व्यास नगरले जेसिज सप्ताहन्त 2078 समापन तथा सुभकामना आदान – कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार दमौलीमा आयोजित कार्यक्रमको गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्य सरिता गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै जेसीजले सामाजिक क्षेत्रमा गरेको सहयोग र कोभीड को त्रासमा समेत मानव जीवन बचाउनका लागि गरेको योगदान सम्मानजनक रहेको बताइन् । जेसीजले सार्वजनिक स्थानमा जेसिज धारा निर्माण देखि विभिन्न क्षेत्रमा गरेको सहयोग र योगदान प्रति आफूले पनि गौरव गरेको बताइन् । गुरुङले नजिकिँदै गरेको विजया दशमी तथा शुभ दिपावलीको शुभकामना समेत प्रदान गरेकी थिइन् ।
जेसिज सप्ताहन्त 2078 विजया दशमी शुभ: दिपावाली, छठ तथा नेपाल सम्वतकाे सुभकामना आदान – कार्यक्रमका
कार्यक्रममा बोल्दै तनहुँ उद्योग वाणिज्य संघ दमौलीका सभापति पविन्द्र कुमार श्रेष्ठले जेसिज व्यक्तित्व विकास गर्ने पाठशाला भएको बताए । कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय कोषाध्यक्ष जेसी पविन्द्र भट्टराई , जेसी भरत श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
जेसिजका सम्पूर्ण जुझारु युवा साथीहरुको प्रयास र सहभागितले सामाजिक सेवामा जेसिज अघि बढेको जेसिज वर्ष 2078 का अध्यक्ष लक्ष्मी भक्त खनालले बताए । कार्यक्रमको समापन गर्दै खनालले यस संस्थाले युवाहरुमा नेतृत्व विकास गर्ने र अन्तर्निहित क्षमता प्रस्फुटनमा सहयोग पुर्याएर सामजिक काममा सरिक हुन प्रेरित गर्ने गरेको बताए ।जेसिजका सम्पूर्ण युवा साथीहरुको एक्यवद्धताले संस्था अगाडि बढेको छ उनले भने ।

अन्तिम पटक अध्यावधिक गरिएको 33 Viewed

प्रतिक्रिया दिनुहोस्